देश

बालेन र सुदनविरुद्ध उजुरी दिन अनेरास्ववियुका नेताहरु प्रहरी परिसर काठमाडौँमा

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिन काठमाडौँ प्रहरी परिसर भद्रकाली पुगेको छ ।

अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिन लागेको बताएका छन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो ।

मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिने तयारी गरेको बताइएको छ ।

यसअघि आजै सुदन गुरुङको समुह सहिद परिवारसहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रहरी परिसर काठमाडौँ पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *