देश

बाढी–पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुग्यो७ जना अझै बेपत्ता

काठमाडौं । शुक्रबार साँझदेखि आएको अबिरल वर्षाका कारण पहिरो र बाढीमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सोमबार बिहानसम्म देशभर ५३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

जसमध्ये इलाममा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाम मात्रै ३७ जनाको मृत्यु भएको छ भने पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । यसैगरी, उदयपुरमा २, खोटाङमा २, रौतहटमा ३ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बाँकीले देशका विभिन्न जिल्लामा ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार हालसम्म ७ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बाराका २१ वर्षीय विक्कि गोसाई, रसुवाका २२ वर्षीय किशान श्रेष्ठ, रसुवाकी २० वर्षीय संस्कृती श्रेष्ठ, रसुवाकी २५ वर्षीय संगीता श्रेष्ठ, रसुवाका २३ वर्षीय रवि श्रेष्ठ, इलामका ४८ वर्षीय महेन्द्र लिम्बु र काठमाडौँकी २२ वर्षीय रितु रोका मगर रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *