देश

भारी वर्षा : देशभरका दर्जनौं सडक अवरुद्ध, आवत-जावतमा रोक

काठमाडौं। शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ। अविरल वर्षा र त्यसबाट आएको बाढी तथा पहिरोले दर्जनौं सडकखण्ड अवरुद्ध भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यका र बाहिर जाने विभिन्न सडक अवरुद्ध भएकाले, उपत्यकाबाट बाहिरिने सवारी चालक तथा यात्रुलाई मौसम अनुकूल नभएसम्म उपत्यकामा नै रहन अनुरोध गरिएको छ।

अवरुद्ध मुख्य सडकखण्डहरू:

भक्तपुर–सूर्यविनायक नगरपालिका ९ साँगा झोलुङ्गे पुल नजिक।
काठमाडौँ–सीतापाइला–धार्के सडक, नागार्जुन नगरपालिका ८।
ललितपुर–कान्तिलोकपथ, बागमती गाउँपालिका ३, टाकुचे र टिकाभैरव।
धादिङ–पृथ्वी राजमार्ग, बेनीघाट गाउँपालिका ९ लोलाङ।
चितवन–नारायणगढ-मुग्लिन, इच्छाकामना गाउँपालिका ५, तुइन खोला पुल।
मकवानपुर–इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरी बजार र हुमाने-फाखेल सडक।
काभ्रेपलाञ्चोक–वि.पी. राजमार्ग, रोशी गाउँपालिका ११ माम्तीखोला र बुलढुंगा।
काभ्रेपलाञ्चोक–वि.पी. राजमार्ग, मंगलटार खोलामा सडक कटान।
हेटौडा-भैसे-नौबिसे सडक।
सिन्धुपाल्चोक–अरनिको राजमार्ग, भोटेकोशी गाउँपालिका ४ चारकिलो, धुलिखेल खावा।
इलाम–मेची करिडोर, बेलासे, माइखोला पुल।
संखुवासभा–कोशी राजमार्ग, मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूण।
रसुवा–पासाङल्हामु राजमार्ग, गोसाइकुण्ड गाउँपालिका २, घट्टेखोला, बालुवाखानी र तातोपानी।
रसुवा–मितेरी पुल, गोसाइकुण्ड गाउँपालिका २, रसुवागढी।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८–२० सम्म भारी वर्षा र सम्भावित विपद् जोखिम रहेको छ। यसै कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने र बाहिरने लामो दूरीका सवारी साधनको आवतजावत बन्द गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *