काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । उनले बिहीबार हनुमान ढोका पुगेर गुरुहरुको हातबाट टीका ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका लगाएका हुन् ।
राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यसवर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।




