देश

जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दी खोज्न कार्यदल, तत्काल नियन्त्रणको आदेश

काठमाडौं । भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा फर्काउने उद्देश्यले सरकारले विशेष कार्यदल गठन गरेको छ। कारागार व्यवस्थापन विभागका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको कार्यदलमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षासम्बन्धी निकायका प्रतिनिधिहरू रहने छन्। कार्यदलले समन्वित रूपमा खोजी तथा नियन्त्रण अभियान सञ्चालन गर्नेछ।

शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयमार्फत कार्यदललाई तीन बुँदे कार्यादेश दिइएको छ। त्यसअनुसार फरार कैदीबन्दीको अवस्थाबारे छानबिन गर्ने, तत्काल पक्राउ गरी कारागारमा पु¥याउने र कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी कार्यदललाई दिइएको हो।

गृह मन्त्रालयले फरार कैदीबन्दीलाई स्वेच्छाले फर्कन समेत आग्रह गरेको छ। तर, सुरक्षा निकायलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन सशक्त अभियान चलाउन निर्देशन दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *