खेलकुद

महिला राष्ट्रिय फुटबल टिमको जिम्मा नवीन न्यौपानेलाई, साफ च्याम्पियनसिपसम्म नेतृत्व

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले नयाँ मुख्य प्रशिक्षक पाएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबार नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो। एन्फाका महासचिव किरण राईले न्यौपानेलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरे।

गत जुलाईमा उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि नेपाल मुख्य प्रशिक्षकविहीन बनेको थियो। सो क्रममा बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड र एन्फा पदाधिकारीबीच विवाद भएपछि वाइल्डले पद छाडेका थिए।

एन्फाका अनुसार न्यौपानेले आगामी वर्ष हुने साफ महिला च्याम्पियनसिपसम्म टोलीको नेतृत्व गर्नेछन्। सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसी रहनेछन् भने म्यानेजरको जिम्मेवारी विन्द्रा देवनले पाएकी छन्। फिजियो शिला गिरी र किट म्यानेजर विकास गुरुङलाई निरन्तरता दिइएको छ।

फुटबल सरोकारवालाहरूका अनुसार लामो समयपछि नेपाली महिला टोलीले स्थायी मुख्य प्रशिक्षक पाएकोले आगामी तयारीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *