काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकबाट पत्रकारलाई बाहिर निकालिएको छ ।
बैठकको शुरुमै केही सुदन किराँती, रञ्जित तामाङ लगायत युवा नेताहरूले उठेर होहल्ला गरेपछि मिडियालाई उद्घाटन समारोहबाट बाहिर निकालिएको हो ।
बैठकको शुरुआत गर्दै महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश गर्ने जानकारी दिएका थिए ।
उनले बैठकमा भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरि प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जानकारी दिएपछि किराती, तामाङसहितले बैठकमा हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने भनेपछि होहल्ला भएको थियो । त्यसपछि महासचिव गुरुङले मिडियाकर्मीलाई बाहिर जान आग्रह गरेका थिए ।




