काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा–नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पद त्यागेका छन् ।
दीपज्योती बैंक्वेट, बौद्धमा आज बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मत अनुमोदन गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनसम्मका लागि पार्टीका उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको छ । सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य–सचिव र प्रवक्ता कृष्ण शर्मा रहने गरी जिम्मेवारी तोकिएको केन्द्रीय सदस्य टङ्क धमलाले बताए ।
नेसपाले विशेष महाधिवेशन आगामी फागुन महिनाभित्र गर्ने तयारी गरेको छ ।




