काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुँदैछ ।
अहिले केहीबेरमा राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता तय भएको हो । यसअघि आजै प्रधानमन्त्रीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन (बालेन) ले भेटवार्ता गरेका थिए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने जिम्मेवारी छ। राष्ट्रपति र प्रधानमन्त्रीबीच निर्वाचनलगायतका विषयमा छलफल हुने बुझिएको छ ।




