देश

रास्वपामा उठ्यो रविले सभापति पद छाड्नुपर्ने माग

काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज रास्वपाभित्र उठेको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम, कोशी, लुम्बिनी र गण्डकी प्रदेश सभापतिहरूले मुद्दाको किनारा नलागेसम्म रविले सभापति पदमा नबस्नुपर्ने प्रस्ताव राखेका हुन्।

रविमाथि सहकारी ठगी र संगठित अपराधसहितका मुद्दा चलिरहेका छन्। हाल उनी बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा नख्खु कारागारमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *