काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेको पहिलो दिनमै तीनवटा निर्णय सार्वजनिक गरेका छन्।
उनको पहिलो घोषणा सहिद परिवार र घाइतेलाई रोजगारीको अवसर दिने सम्बन्धमा छ। मन्त्रालयमार्फत रोजगारका अवसर सिर्जना गरेर उनीहरूलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाएका छन्।
यस्तै, सरकारी निकायमा प्रयोग हुने फर्निचर र निर्माण सामग्री अबदेखि स्वदेशी उत्पादनमै आधारित हुने निर्णय सिन्हाले गरेका छन्। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको हो। त्यसैगरी, अत्यावश्यक कामबाहेक अन्य सेवा अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइने उनको भनाइ छ। यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।




