देश

प्रचण्डको प्रस्तावः केन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मौजुदा केन्द्रीय समिति भंग गरेर मंसिरमै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

बैठकमा प्रचण्डले तत्काल केन्द्रीय समिति बैठक बोलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव पनि राखेका छन् ।

उनले नेतृत्व हस्तान्तरण तथा पार्टी पुनर्गठनलाई समयानुकूल आवश्यक भएको उल्लेख गर्दै, निरन्तरतामा क्रमभंगको पूरानै नीति दोहोर्याएका छन् ।

यहीबीच, पार्टीका उपमहासचिव जनार्दन शर्माले पछिल्ला दिनहरूमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको आवश्यकता उठाउँदै आएका छन् । शर्माको त्यही धारणालाई प्रचण्डको प्रस्तावले जवाफ दिएको रूपमा पनि हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *