देश

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस पल्टिँदा २० भन्दा बढी घाइते

काठमाडौँ । तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन्।

बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासस्थित उकालो चोकमा पल्टिएको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस मुख्य सडकमै पल्टिएको थियो।

घाइते यात्रुहरूको उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाबारे थप विवरण प्रहरी अनुसन्धानपछि आउने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *