मुख्य समाचार

नेपाली कांग्रेसको निष्कर्ष : जेनजी आन्दोलनमा घुसपैठ, अर्बौं मूल्यको सम्पत्ति जलाइयो

काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा घुसेका तत्त्वहरूले अर्बौं मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको जनाएको छ।

सहमहामन्त्री महेन्द्र यादवले  भने, “जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ। घुसपैठ गर्नेहरूले खर्बौं मूल्यको सार्वजनिक र निजी सम्पत्ति जलाएका छन्।”

बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।

आन्दोलनका क्रममा नेपाली कांग्रेसका धेरैजसो कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी भएको थियो। बैठकले यस्ता घटनाको भर्त्सना गरेको सहमहामन्त्री यादवले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *