देश

सानेपा पुगेर एमाले नेताहरूले कांग्रेस कार्यालयको अवलोकन गरे

पाटन (ललितपुर) ।नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर आज अवलोकन गरेका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई र नेता अमृतकुमार बोहरा पनि अवलोकनमा गएका थिए।

अवलोकनका क्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिका बारेमा जानकारी गराएका थिए। कोषाध्यक्ष श्रेष्ठले एकै समूहले योजनाबद्ध रूपमा आएर पटक–पटक लुटपाट गरेको र चौथो पटक आएर आगजनी गरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *