काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ‘जेनजी आन्दोलन’ पश्चात् संगठनभित्र व्यापक हेरफेर गर्दै ९० जना डीएसपी र ४८ जना एसपीको एकसाथ सरुवा गरेका हुन् ।
सरुवा हुने अधिकारीहरूमा काठमाडौँ उपत्यकाका विभिन्न वृत्त, जिल्ला प्रहरी कार्यालयहरू र अन्य महत्त्वपूर्ण एकाइका प्रमुख तथा इन्चार्जहरू समावेश छन् । केही जिल्ला, इलाका र वृत्तहरूमा नेतृत्व परिवर्तन भएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, सरुवा भएका डीएसपी र एसपीहरूलाई यथाशीघ्र नयाँ जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । यस व्यापक सरुवाले प्रहरी संगठनमा नयाँ ऊर्जा प्रवाह हुने र जनतामा प्रहरी प्रतिको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ ।
डीएसपी को कहाँ ?

एसपी को कहाँ ?





