देश

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, चुनावमा सहयोगका लागि आग्रह

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु रहेकोले त्यसमा सहयोगका लागि आग्रह गरेकी छिन्।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो। मोदीको सन्देशमा नेपाल–भारत मित्रतालाई अझ सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले असोज २ गते भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने जानकारी पनि गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *