देश

जेन जेड आन्दोलनका मृतकको शवयात्रामा ऊर्जामन्त्री कुलमान र गृहमन्त्री अर्याल सहभागी

काठमाडौँ ।‘जेन जेड’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन्।

मन्त्री घिसिङ गोपीकृष्ण हलबाट र मन्त्री अर्याल चाबहिल चोकबाट शवयात्रामा सामेल भएका हुन्। यस क्रममा ऊर्जामन्त्री कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने गृहमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन्।

मृतकका परिवारका सदस्य र आफन्तहरूले त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाँदै छन्। शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन्। शवहरू अहिले चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *