देश

जेनजी आन्दोलन : २७ मृतकको शव आफन्तलाई बुझाइयो,पाँच जनाको अझै खुलेन पहिचान

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका २७ जनाको शव पोस्टमार्टमपछि आफन्तले त्रिवि शिक्षण अस्पतालबाट बुझेका छन् । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार मृतकमध्ये आन्दोलनकारीसँगै आक्रमणमा परी ज्यान गुमाएका तीन प्रहरीको शव पनि आफन्तलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा अझै १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ भने ५ वटा शवको पोस्टमार्टम सकिए पनि आफन्तले लिन बाँकी छ । यस्तै, नयाँ बानेश्वरलगायत क्षेत्रमा भएको झडप र आगजनीमा मारिएका ८ जनाको पहिचान अझै खुलेको छैन ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबारे जानकारी दिएका छन् । कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्ले चाँडै टुंगो लगाउने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *