देश

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेकी छन् ।

उनले शनिवार अपराह्न राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका घाइतेहरूसँग भेट गरेकी हुन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरूको राम्रोसँग उपचार गर्न चिकित्सकहरूलाई निर्देशन दिएको सो अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको थियो । त्यसक्रममा नवनियुक्त प्रधानमन्त्री कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी थिइन् ।

शुक्रवार ९हिजो० प्रधानमन्त्रीमा नियुक्त भएकी उनले शनिवार आन्दोलनमा परी घाइते भएकाहरूको अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

उनले आन्दोलनकारीहरूले जलाएका प्रहरी चौकीहरूको पनि अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *