देश

संसद विघटन हुनु विडम्बनापूर्ण विषय हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् विघटन गरेर सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमतिमा गम्भीर प्रश्न उठाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पोखरेलले विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्नेहरू नै अहिले विघटनतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो,’ उनले लेखेका छन् ।

उनले यस्तो प्रवृत्तिप्रति सतर्क रहन र खबरदारी गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *