काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा सिंहदरबार ध्वस्त भएपछि अब नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय कहाँ रहने भन्ने अन्योल सिर्जना भएको छ।
मुख्य सचिव एकनारायण अर्यालले आज जलेको सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै हुने बताए पनि तत्कालका लागि विकल्प खोज्ने तयारी भइरहेको छ।
यस क्रममा गृह मन्त्रालय रहेको परिसरमा बनेको आधुनिक भवनलाई अन्तरिम रूपमा प्रधानमन्त्रीको कार्यालयका रूपमा प्रयोग गर्ने निष्कर्ष निकालिएको छ।




