काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार सञ्जय साह टक्ला काभ्रे जिल्लाबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएर कारागार पठाउने तयारी गरेको छ।
टक्ला १२ वर्षदेखि जन्मकैदको सजाय भोग्दै आएका थिए। उनी २०६९ सालमा जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनामा मुख्य अभियुक्त थिए। साथै, अदालतको आदेशमा उनलाई रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या योजनामा पनि संलग्न भएको बताइएको छ।
जेलबाट उनी जेनजीको प्रदर्शनको क्रममा भागेका थिए। सुरुमा सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका रवि लामिछानेलाई बाहिर निकालिएको थियो। त्यसपछि टक्ला सहित अन्य कैदीहरूले कारागारबाट भागेका थिए र आगजनी समेत गरेका थिए।
प्रहरी स्रोतका अनुसार, अब टक्लालाई कारागारमा फर्काएर सजाय पूरा गराउने प्रक्रिया अघि बढाइएको छ।




