चितवन । जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो ।
जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कफ्र्यू आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुँदासम्मका लागि चितवन जिल्लाभर कुनै किसिमको भेला, सभा, जुलस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए ।




