देश

बाँकेको नौबस्ता बाल सुधारगृहमा झडप, पाँचको मृत्यु

 

नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिका–९, नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ।

मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। गएराति भएको झडप नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो।

घाइतेहरूलाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो। तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको र दुई जनाको उपचार जारी रहेको स्रोतले पुष्टि गरेको छ।

घटनापछि बाल सुधारगृह र भेरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *