काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट तीन वटा सैनिक हेलिकोप्टरमा कम्तीमा नौ जना उडेका छन् ।
ती हेलिकोप्टरमा को को गए र उनीहरुलाई कहाँ लगिएको छ भन्नेबारे कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट तीन वटा सैनिक हेलिकोप्टरले मान्छे ओसारेपछि गोली हानाहानसमेत भएको छ । उक्त क्षेत्रमा गोली प्रहारको आवाज सुनिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायत बालुवाटारमा रहेका भनिएका शीर्ष नेताहरुलाई सेनाले सुरक्षित स्थानमा सारेको अनुमान गरिएको छ ।




