कोशी प्रदेश

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलन : इटहरी उपमहानगर कार्यालयमा आगजनी, कर्फ्यु लागू

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उत्रिएको जेनजी आन्दोलन सोमबार दिउँसो हिंसात्मक बन्दै इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनीसम्म पुगेको छ।

प्रदर्शनकारीको ठूलो समूह पालिका परिसरमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणका लागि हवाइफायर गरेको थियो। तर, आक्रोशित भीडले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएको उपमहानगरपालिकाले जनाएको छ।

हालसम्म आगो नियन्त्रणमा आउन नसकेको र क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्। स्थिति नियन्त्रणबाहिर जाँदा स्थानीय प्रशासनले इटहरी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *