देश

जेनजीको आवाज सुन्ने हिम्मत गरौँ, नत्र पछुताउनुको विकल्प पनि रहन्न : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध जनाएका छन् ।

उनले सरकारको निर्णयसँग असहमत व्यक्त गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा असहमति जनाएका छन् । उनले भोली जेनजी युवाहरूले गर्न लागेको विरोध पनि सरकारकै गलत निर्णयका कारण हुन लागेको उनले बताए ।
उनले युवाको आन्दोलन सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर रहेको टिप्पणी गरे ।

‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने जेनजि पुस्ताका होनाहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर हो’ उनले भने ।

उनले युवाको आवाज सुन्न सरकारलाई आग्रह गरेका छन् । उनले युवाको आवाजलाई सुन्ने हिम्मत गर्नुपर्ने नत्र पछुताउनुको विकल्प नहुने बताए ।

‘उनीहरूको आवाज सुन्ने हिम्मत गरौँ र आफूलाई परिवर्तन गरौँ । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न’ नेता कोइरालाले फेसबुकमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *