खेलकुद

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

काठमाडौँ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

निर्धारित ९० मिनेटको समयमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका २५ खेलमा बराबरीमा सकिएको यो चौथो खेल हो ।जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल सेप्टेम्बर ९ मा हुने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *