देश

दूधको भुक्तानी माग्दै किसान सडकमा, प्रहरीसँग झडप

काठमाडौं । दूध उत्पादक किसानहरूले आइतबार राजधानीमा प्रदर्शन गर्दा प्रहरीसँग घम्साघम्सी भएको छ। काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि धर्ना दिन पुगेका किसानलाई प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर तनाबपूर्ण स्थिति बनेको हो।

अखिल नेपाल किसान महासंघको अगुवाइमा भएको प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत उपत्यका आसपासका किसानहरूको सहभागिता थियो। उनीहरूले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने माग गर्दै नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

किसानहरूले ‘दूध सडकमा फाल्नुपर्ने अवस्थाबाट मुक्त गर’, ‘दूध उत्पादक किसानलाई संरक्षण गर’, ‘डीडीसी किन सधैं घाटामा ?’ जस्ता नारासहित विरोध प्रदर्शन गरेका थिए। सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएकाले किसानहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *