खेलकुद

नेपाल एले आसामलाई दियो १९७ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई १९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मालमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।

५ खेलको सिरिजमा हाल २ खेलमा १-१ को बराबरी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *