खेलकुद

रोहितको शतकमा नेपालद्वारा साउथ अस्ट्रेलिया पराजित

काठमाडौँ । नेपालले साउथ अस्ट्रेलियाले पराजित गरेको छ । शनिबार सम्पन्न एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने सोमपाल कामीले महत्वपूर्ण अविजित ३८ रनको योगदान गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो । योसंगै नेपाली राष्ट्रिय क्रिकेट टिमको अस्ट्रेलिया टूर सकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *