मुख्य समाचार

रास्वपा नेता तथा पूर्व योजना आयोग सदस्य पाँडे चार दिन थुनामा रहने

काठमाडौ‌। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई  चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन थुनामा रहने भएका हुन् ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप लगाए पछि हिजो उनी पक्राउ परेका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *