देश

ललितपुरमा झन्डै १ करोड नगदसहित गौरव स्याङ्तान पक्राउ

काठमाडौं । ललितपुरमा ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले सोमबार साँझ करिब १ करोड बराबरको रकमसहित गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, उनको साथबाट करिब ९० देखि ९१ लाख रुपैयाँ भन्दा बढी रकम बरामद भएको प्राथमिक विवरण प्राप्त भएको छ।

एआईजी टेक बहादुर तामाङले सूचनाका आधारमा स्याङ्तानलाई नियन्त्रणमा लिइएको बताउँदै बरामद रकमको औपचारिक गणना भइरहेको जानकारी दिए।स्याङ्तानको थप परिचय र नगदको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *