देश

भूमि विधेयकविरूद्ध जसपा नेपालद्वारा देशव्यापी आन्दोलन घोषणा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकविरूद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । शनिबार पार्टीका महासचिव लालबाबु राउतले विज्ञप्ती जारी गर्दै भूमि विधेयकविरूद्ध प्रदर्शनको घोषणा गरेका हुन् ।

विज्ञप्ती अनुसार जसपाले भदौ ९ गतेदेखि देशका विभिन्न सहरूहरूमा प्रदर्शन गर्नेछ । त्यस्तै, जसपाले प्रदर्शनमा सहभागी हुन सम्पूर्णलाई आग्रहसमेत गरेको छ ।

जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई मधेश मरुभूमिकरण हुने भएकाले आफ्नो दल सुरुदेखिनै यसको विपक्षमा रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई÷मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *