काठमाडौं। हमास समूहले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् ।
‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’




