देश

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन0 विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राख्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

जसअघि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रस्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसदले अघि बढाएको बताए ।

विधेयक पारित गरेर आफूहरूले ऐतिहासिक प्रस्थान गरेको जिकिर गरे । आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक स्थापना गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *