खेलकुद

टप टी–२० सिरिजः पाकिस्तानविरुद्ध नेपालको कसिलो बलिङ, ११ औं ओभरको समाप्तिमा ६ विकेट गयो

काठमाडौँ। टप एण्ड टी–२० सिरिजमा आज नेपाल र पाकिस्तानको प्रतिस्पर्धा जारी छ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ। ११ औँ ओभरको समाप्तिमा नेपालले ६ विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो।

११ औं ओभरको समाप्तिमा पाकिस्तानले ६ विकेटको क्षतिमा ६२ रन बनाएको छ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ। पाकिस्तान भने ६ अंकसहित दोस्रो स्थानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *