राजनीति

मिथेन ग्याँस उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरेका छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले यसबारेमा जानकारी गराएका हुन् ।

उनले ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको बताए । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको बताए ।

सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको पनि जानकारी गराए ।

उनले भने ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको छ । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको छ । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको छ । जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरूमा काइनट तथा तुर्मालिन जस्ता महत्त्वपूर्ण पत्थर धातुहरू रहेको पत्ता लागेको छ । त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशील रहेको कुरा जानकारी गराउँछु ।’

मन्त्री भण्डारीले जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरूमा काइनट तथा तुर्मालिन जस्ता महत्त्वपूर्ण पत्थर धातुहरू रहेको पत्ता लागेको र त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशील रहेको जानकारी गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *