मुख्य समाचार

विराटनगरमा संचार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरी र पत्रकारहरुबिच झडप

काठमाडौं । कोसी प्रदेश सरकारले सदनमा पेश गरेको संचार विधेयकको विरोधमा शुक्रबार पत्रकारहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीसँग तनाबपूर्ण घर्षण भएको छ।

संसदीय पत्रकारहरूले प्रदेशसभा भवनभित्र धर्ना दिएका थिए भने नेपाल पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको अर्को समूहले बाहिर नाराबाजी गर्दै विरोध जनाएका थिए। सो क्रममा पत्रकार र प्रहरीबीच धक्का–मुक्की भएको हो।

उक्त विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई सभामा प्रस्तुत गरिएको हो। पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल पत्रकार महासंघ कोसी शाखाका अध्यक्ष भरत खड्काले विधेयक पत्रकार स्वतन्त्रता विरोधी भएको दाबी गर्दै तत्काल संशोधनको माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *