काठमाडौं। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको भन्दै उनले रिट दायर गरेका हुन् ।
रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ।




