देश

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ। प्रतिनिधि सभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

सभाको आजको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको पानी जहाजसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरे। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ६ गते शुक्रबार अपराह्न १ बजे बस्ने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *