देश

सरकारको गति मिलेन, ढंग पनि पुगेन- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले कांग्रेस–एमाले गठबन्धन बनेको बेला गरिएको सम्झौता कार्यान्वयन नभएको उल्लेख गर्दै संविधान संशोधनसम्बन्धी पहल अझै नशुरु भएकोप्रति असन्तुष्टि जनाए । उनले तयारीका लागि तत्काल काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।

महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै काम गर्ने ढंग नमिलेको, फोकस अभाव भएको र सहकारी प्रकरणलाई गलत तरिकाले अघि बढाइएको आरोप लगाए । “सहकारी पीडितले अहिलेसम्म आफ्नो पैसा फिर्ता पाएका छैनन्,” उनले भने ।

उनले थपे, “सरकार बन्दाको उत्साह अहिले हराएको जस्तो छ । हाम्रोसँग समय धेरै छैन, त्यसैले सरकारको गति मिलाउनुपर्छ र जनताको उत्साह जगाउनुपर्छ ।”

ड्राइभिङ सिटको उपमा दिंदै थापाले सरकार सञ्चालन गर्ने व्यक्तिले गाडी राम्रोसँग नचलाएको आरोप लगाउँदै सरकारको गति सुस्त रहेको टिप्पणी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *