खेलकुद

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १ सय ४० रनको सामान्य लक्ष्य

काठमाडौँ । नेपालले मेलवर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाएका थिए ।

त्यस्तै मेलवर्नका बलर फर्गुस ओनिल, कलुम स्टव, लाचलान बांग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *