खेलकुद

टप इन्ड टी–२० सिरिजमा नेपाल र मेलबर्न रेनेगेड्स भिड्दै

काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ ।

नेपालले हालसम्म सिरिजमा खेलेको चार खेलमध्ये तीन हार र एक जित निकालेको छ ।

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो ।

११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ । अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ ।

नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *