कर्णाली प्रदेश

कर्णालीमा बुधबार सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेशभरका सरकारी तथा सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार विसं २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

दिवसको अवसरमा बिहान प्रभातफेरि गरिएको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रममार्फत स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाइने प्रदेश सरकारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *