देश

५९ स्थानीय तहले बजेट समयमा पेश गर्न सकेनन् : मन्त्रालय

काठमाडौँ। देशभरका ५९ स्थानीय तहले संवैधानिक व्यवस्थाअनुसार चालु आर्थिक वर्षको बजेट समयमा पेश गर्न नसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले ती स्थानीय तहले संवैधानिक म्यादभित्र बजेट ल्याउन नसकेको जानकारी दिएका हुन्।

आईतवार मन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यो तथ्य सार्वजनिक गरिएको थियो। दाहालका अनुसार बजेट पेश गर्न नसक्ने ५९ स्थानीय तहमध्ये ३२ वटा मधेश प्रदेशमा रहेका छन्। बारा, पर्सा, रौतहट र सर्लाहीका १५ वटा तह यसमा पर्छन्।

चार जिल्लाका १५ वटा स्थानीय तहमा मन्त्रालयका कर्मचारी खटिएर बजेट ल्याउन सहयोग गरिएको थियो। तीमध्ये ७ वटा तहले चालु आर्थिक वर्षको लागि बजेट पेश गरिसकेका छन् भने बाँकी स्थानीय तहले भदौ १० भित्र गाउँ/नगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेका छन्।

पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले एक महिनाभित्र गरेका नौ क्षेत्रका नीतिगत सुधारबारे समेत जानकारी दिएका थिए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *