देश

नेपालगञ्जमा प्रहरीको गोली वर्षा, २६५ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

नेपालगञ्ज  ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा खैरो हेरोइन कारोबारमा संलग्न चार जना प्रहरी कारबाहीमा पक्राउ परेका छन्। नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जको टोलीले शंकास्पद व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूले प्रहरीले माथि इँटा प्रहार गरेका थिए। यस क्रममा एक प्रहरी घाइते भए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको र त्यसमा भारतको बहराइच रुपैडिया थानाका २० वर्षीय कार्त्तिककुमार घाइते भएका छन्। उनको दाहिने खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतका २० वर्षीय अजयकुमार र कार्त्तिककुमार रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *