मुख्य समाचार

कारागार विभागको नेतृत्व परिवर्तन, भट्टराई निर्वाचन आयोगमा सरुवा

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक तथा सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा भई उनलाई निर्वाचन आयोगमा पठाइएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

उनको स्थानमा सहसचिव लिला प्रसाद शर्मालाई विभागको नयाँ महानिर्देशकको रूपमा नियुक्त गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

पछिल्ला महिनामा कारागार प्रणालीभित्र कैदीबन्दी भाग्ने, झडप हुनेजस्ता घटनाहरू बढ्दै गएका छन्। हालै कैलाली कारागारमा भएको झडपपछि त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई पनि गृह मन्त्रालयले तानेको थियो।

देशभरका कारागारमा भइरहेका यस्ता घटनाले व्यवस्थापन प्रणाली सुधारको आवश्यकता देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *