खेलकुद

भारतको कर्णाटकमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नितिशा बुढाथोकीको स्वर्ण पदक

काठमाडौं । भारतको कर्णाटकमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी नितिशा बुढाथोकीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्। प्वाइन्ट फाइटतर्फ उनले स्वर्ण पदक (गोल्ड) जित्न सफल भइन् भने काता विधातर्फ रजत पदक (सिल्भर) प्राप्त गरिन्।

प्रतियोगितामा नेपाल, भारत, मलेसिया, अमेरिका, बंगलादेश, श्रीलंका र ग्याबोनका खेलाडीहरूको सहभागिता रहेको थियो। व्यक्तिगत रूपमा नितिशाले पहिलो स्थान जिते पनि समग्र टिम नतिजामा भारत प्रथम, नेपाल दोस्रो र श्रीलंका तेस्रो स्थानमा रहे।

नितिशाको यो उपलब्धिले देश मात्र होइन, उनका अभिभावकलाई पनि गर्वित बनाएको छ। परिवारका अनुसार यो सफलता उनलाई अझ अघि बढ्न प्रेरणा दिनेछ।

नेपालबाट सहभागी सम्पूर्ण खेलाडी र टोलीलाई पनि विजयी प्रदर्शनका लागि बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *